२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गठबन्धनलाई निरन्तरता दिन प्रतिबद्ध छौं : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

चितवन — प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

गठबन्धनलाई निरन्तरता दिन प्रतिबद्ध छौं : प्रधानमन्त्री दाहाल

उनले भने, 'गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौं पनि ।' नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरु उठेको भन्दै उनले यस विषयमा छलफल हुने बताए ।

बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री दाहालले यस विषयमा छलफलबाट मात्रै टुंगो लाग्ने बताए ।

आफूले राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताए । उनले भने, 'यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको छ ।'

पार्टीको बैठकले राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उनले बताए । उनले भने, 'औपचारिकरुपमा लिखित निर्णय भएको छैन ।' कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताए ।

फरक प्रसंगमा प्रधानमन्त्रीले चितवनवासीका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताए । तीन वर्षदेखि बन्न नसकेको रंगशाला निर्माणका लागि संघीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएको बताए । आफूहरुले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उनले बताए ।

प्रकाशित : फाल्गुन १७, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?