कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न विभागलाई संसदीय समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा तथा सुशासन समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न विभागलाई संसदीय समितिको निर्देशन

बिहीबार समिति बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी भएको छलफलप्रश्चात् समितिले विभागलाई उक्त निर्देशन दिएको हो । सभापति रामहरि खतिवडाले समिति बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गरे । उनले विभागले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउनुपर्नेमा जोड दिए ।

सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारीलगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजस्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताए । उनले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धितले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गरे ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्नुहोला । प्रमाणहरु राम्रोसाग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबनोस्,' उनको आग्रह थियो, 'नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आतंकित हुने वातावरण राजस्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि नगरोस् ।’

उनले बेनामी रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताए ।

प्रकाशित : फाल्गुन १७, २०८० १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?