२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर सोमबार नेपाल भ्रमणमा आएकी छन् ।

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भ्रमणको क्रममा कूटनीतिज्ञ अख्तरले नेपाली सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

साथै, उक्त अवशरमा अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने रहेको उल्लेख छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?