कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानसेनापति शर्मा र अमेरिकी इन्डो-प्यासिफिक कमान्डर एक्युलिनोबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा आएका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी. एक्युलिनोबीच सोमबार भेटवार्ता भएको छ । उनीहरु बीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो ।

प्रधानसेनापति शर्मा र अमेरिकी इन्डो-प्यासिफिक कमान्डर एक्युलिनोबीच भेटवार्ता

नेपालमा जारी शान्ति प्रयास अभ्यास–४ अवलोकन गर्न आएका एडमिरल एक्युलिनोले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

नेपाली सेनाका अनुसार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भयो ।

उनी नेपालको तीनदिने भ्रमणमा आएका हुन् । उनलाई सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रकाशित : फाल्गुन १४, २०८० १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?