१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

प्रतिनिधिसभा बैठकमा एमाले र राप्रपाको अवरोध

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमाले  र प्रतिपक्षी दल राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठकमा एमाले र राप्रपाको अवरोध

बैठक सुरु भए लगत्तै एमाले र राप्रपाका विवादित मन्त्रीहरुको राजीनामा लगायतका विषयमा प्रश्न उठाएको थियो । कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवस गणपुरक संख्या पुर्‍याउन नदिन बैठक छोडेको भन्दै कुरा उठाउपछि सुरुमै एमाले सांसदहरुले आपत्ति जनाएका थिए । त्यसपछि बोल्ने क्रममा एमाले सांसद योगेशकुमार भट्टराईले विवादित मन्त्रीहरुको राजीनामा पनि मागे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विवादमा परेका भौतिक योजनामन्त्रीको राजीनामाको कुरा उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । संक्षिप्त समयमा सांसदहरुले बोलेपछि एमाले र राप्रपाका सांसदहरुले उठेर बैठक अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरे केहीबेरका लागि बैठक रोकेका छन् ।

प्रतिनिधिसभा बैठकमा कसले के भने ?

पदम गिरी, प्रमुख सचेतक, नेकपा(एमाले)

सरकारले रोष्टमबाट सरकारलाई जवाफ दिन होइन सत्तापक्षकै माननीयहरुलाई लगाएर प्रतिपक्षमाथि हिलो छ्याप्ने, भ्रम सिर्जना हुने खालको गरी जुन खालको व्यवहार गरिादैछ यसप्रति आपत्ति व्यक्त गर्न चाहन्छौं । प्रतिपक्षको कारणले आज कहाानिर विधेयक संसदमा पेश गर्न र कानून निर्माणको लागि कहाँनिर बाधा पुग्यो ? यदि बहुमतको सरकारसाँग छ भने आफूले प्रश्तुत गर्ने विधेयक संसदबाट पास गर्ने आँट सरकारसँग छ कि छैन । छैन भने राजीनामा दिनुपर्छ ।’

विराजभक्त श्रेष्ठ, सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्टी देशको लागि कि देश पार्टीका लागि ? संसद चल्ने भनेको सत्तापक्षको बहुमतले हो । उहााहरुले विधेयक ल्याएपछि चलाउने हो । के गठबन्धनमा प्वाल परेको हो सभामुख महोदय ? हामी प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग दिने पूरै कोशिस पनि गरिरहेका छाौ । यो क्यालेण्डर के हो ? यो क्यालेण्डर थिएन उहााहरुको हातमा ? कार्यव्यवस्था समिति जोकर संस्था हो ? महासमिति भए जानकारी दिनुपर्दैन ?’

ज्ञानबहादुर शाही, प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी

‘म सोध्न चाहन्छु, क्यालेण्डर बनाएको छ हेर्नुस् । कार्यव्यवस्था समिति छ । तपाईंहरु गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यही रुमल्लिने । संसदमा नआउने । आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो ? हत्यारालाई किन पक्राउ नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ होइन भने संसद आज चल्दैन ।’

माधव सापकोटा, सांसद, नेकपा(माओवादी केन्द्र)

‘संक्षिप्त भनेको कति समय हो ? सभामुखको तजबिजको आधारमा हो ? प्रमुख प्रतिपक्षीसाग आज संख्या बढी छ । तपाईहरुसाग संख्याको बल छ भन्नेबित्तिकै बेस्सरी ढ्यापढ्याप गरेर हाम्रा स्वरहरुलाई कुण्ठित गर्ने ? भर्खरै माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो संसद चल्दैन । नचलाउनोस् केही छैन । संसद बन्द गर्न हुलहुज्जत गर्न अराजकता प्रश्तुत गर्न मनलागि गर्नका लागि जनताबाट निर्वाचित भएर आएको हो ? तपाईहरु शासन व्यवस्थाका कुरा पनि गर्नुहुन्छ । तपाईहरुलाई अधिकार छ भने, तपाईहरुलाई लाग्दैछ यो शासन व्यवस्था गलत छ भने तपाईंहरु सांसदको पद राजीनामा गरेर जानुस् न सडकमा । तपाईहरु विद्रोह गर्नुस् न । त्यो अधिकार तपाईहरुलाई छ नि । तर यही संसदमा बस्ने । संसद चल्न नदिने । अराजक हुने । उश्रृङ्खल हुने यो के तरिका हो ? म भन्न चाहन्छु प्रतिपक्षलाई संसदका महासचिवका तीनवटा नागरिकता र दुईवटा पासपोर्ट पनि तपाईहरुले उठाएका कुरा पनि थप्नुस् न ।’

प्रकाशित : फाल्गुन ११, २०८० १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?