२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुन्छ : लेखक

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाकै लागि घातक हुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भएमा व्यवस्थाका लागि घातक हुने बताएका हुन् ।

संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुन्छ : लेखक

उनले सांसदहरुको गतिविधि व्यवस्थाका विरुद्धमा वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको बताए । उनले धेरै विधेयकहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै संसद्लाई अवरोध नगर्न आग्रह गरे ।

‘यो अधिवेशनबाट धेरै विधेयकहरु पास गर्नुपर्नेछ । धेरै विषयमा छलफल गर्नुपर्नेछ । जनतालाई यो व्यवस्था, यो संसदले नै यो देशको हित गर्न सक्छ । हाम्रो संविधानको परिकल्पना पूरा गर्नसक्छ । र हामी यो मुलुकलाई समुन्नत मुलुक बनाउन सक्छौँ भन्ने प्रत्याभुति दिन जरुरी छ,' प्रमुख सचेतक लेखकले भने, 'हामी सबै मिलेर यदि अगाडि बढ्न सकेनौँ भने त्यो स्थिति बन्दैन । यदि यो संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्यो भन्दा ज्यादा घातक केही हुन सक्दैन ।'

उनले धैर्यता र संयमित भएर आफ्नो कुराहरु राख्न सांसदहरुलाई आग्रह गरे ।

प्रकाशित : फाल्गुन ११, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?