१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

काठमाडौँ — राष्ट्रिय सभाका सांसदहरुले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मिटरब्याज पीडितहरु न्यायका लागि भन्दै पैदल हिँडेर संघीय राजधानी आइपुग्नु दुःखद् भएको भन्दै कानुन कार्यान्वयन गरेर पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका भन्दै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको बताइन् । सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले नागरिकको आवाजको पक्षमा सरकारले काम गर्न नसकेको धारणा राखिन् ।

अर्का सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरिन् ।

सांसद तुलबहादुर विश्वकर्माले पनि मिटरब्याजी पीडित न्यायका लागि काठमाडौँ आएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । 'कानूनको अभाव थियो । भर्खरै कानून पनि बनेको छ । तर कार्यान्वयन नहुँदा पीडितहरुले न्याय पाउने अवस्था बनेन,' उनले भने, 'पीडितहरु २५ दिनदेखि पैदल हिँडेर काठमाडौैं आइपुगेका छन् । सरकार के गरेर बसिरहेको छ ?'

प्रकाशित : फाल्गुन ११, २०८० १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?