११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शान्तिप्रक्रियाका बाँकी काम हरहालतमा पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम हरहालतमा पूरा गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्ने क्रममा श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि संसद्मा विचाराधीन विधेयक सहमतिमा नै पारित गरेर संक्रमणकालीन बाँकी काम सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

शान्तिप्रक्रियाका बाँकी काम हरहालतमा पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि पार्टीले राष्ट्रलाई घात नहुने गरी सम्झौता गर्नुपरे पनि तयार हुनुपर्ने बताए । 'संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा छ । त्यसलाई सकेसम्म राष्ट्रिय सहमतिका आधारमा पारित गरेर अगाडि बढाउनपर्छ,' उनले भने, 'अध्यक्ष र हाम्रो पार्टीको सोच के छ भने धेरथोर सम्झौता गर्नुपरे, राष्ट्रलाई कुनै घात नहुने गरी सम्झौता गर्नुपरे पनि गरेर शान्तिप्रक्रियाका बाँकी काम यसपटक पूरा गर्नैपर्छ, हरहालतमा पूरा गर्नुपर्छ भन्ने दृष्टिकोण र प्रतिबद्धताका साथ काम गरिरहेका छौं ।'

गृहमन्त्री श्रेष्ठले अब मुलुक पार्टीको कार्यभार जनमुखी समृद्धिको रहेको पनि बताए ।

प्रकाशित : फाल्गुन १, २०८० १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?