११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नयाँ प्रविधिलाई विभाजन नभई जोड्नमा उपयोग गर्न आवश्यक : राजदूत थापा  

कान्तिपुर संवाददाता

काठमाडौँ — अतिकम विकसित मुलुकहरु (एलडीसी) का अध्यक्ष तथा न्यूर्योकस्थित संयुक्त राष्ट्र संघ (यूएन) का लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नयाँ विकास भइरहेका प्रविधिहरुलाई विभाजन गर्न नभई जोड्नको लागि उपयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

नयाँ प्रविधिलाई विभाजन नभई जोड्नमा उपयोग गर्न आवश्यक : राजदूत थापा  

न्यूयोर्कमा सोमबार आयोजित ‘ग्लोबल डिजिटल क्म्प्याक्ट’ को अनौपचारिक परामर्श कार्यक्रममा बोल्दै राजदूत थापाले प्रविधिलाई विभाजन नभई जोड्न काममा प्रयोग गर्न आवश्यक रहेको औंल्याएका हुन् ।

नेपाल अहिले एलडीसीको अध्यक्ष मुलुक हो । उक्त संगठनको नेतृत्व गर्दै राजदूत थापाले सम्बोधन गरेका हुन् ।

उनले ग्लोबल डिजिटल कम्प्याक्ट ले सबैका लागि समावेशी, खुला र सुरक्षित डिजिटल भविष्यको प्राथमिकताका लागि पुलको रुपमा ध्यान दिनुपर्ने बताएका हुन् ।

प्रकाशित : फाल्गुन १, २०८० १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?