११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

माओवादी केन्द्रको प्रस्तावित विधानमाथि २० समूहमा छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको प्रथम विधान अधिवेशन मंगलबारबाट सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशन उद्घाटन गरे ।

माओवादी केन्द्रको प्रस्तावित विधानमाथि २० समूहमा छलफल

पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने जानकारी दिए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ । तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइनेछ ।

प्रकाशित : फाल्गुन १, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?