८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

राष्ट्रिय सभाका कानुनमन्त्रीले भने- 'कसुर नदेखिएका सम्पत्ति वैध बनाउन सरकारमाथि बाह्य दबाब आउँछ'

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पत्ति वैधता दिन सरकारमाथि बाह्य दबाब आउने गरेको बताएका छन् ।

राष्ट्रिय सभाका कानुनमन्त्रीले भने- 'कसुर नदेखिएका सम्पत्ति वैध बनाउन सरकारमाथि बाह्य दबाब आउँछ'

सोमबार राष्ट्रिय सभा बैठकमा ‘सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धि केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै कसुर देखिएका सम्पत्तिलाई वैधता दिने गरी कानुन निर्माण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सरकारमाथि निरन्तर दबाब आउने गरेको बताउका हुन् ।

मन्त्री गुरुङले स्रोत नखुलेको कुनैपनि सम्पत्ति कुनै कसुर नदेखिए ८० प्रतिशत कर दाखिला गरी बाँकी सम्पत्ति सोही व्यक्तिको हुनेगरी सो विधेयक ल्याइएको पनि बताए ।

भारतलगायतका मुलुकले पनि सो व्यवस्था गरेकाले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सरकारले सो कानूनी व्यवस्था गर्न लागेको पनि मन्त्री गुरुङले स्पष्टीकरण दिए ।

‘अन्तर्राष्ट्रिय मान्यता अनुसार नै कुनैपनि व्यक्तिको सम्पत्तिको स्रोत खुल्न पनि सकेन, कसुर पनि देखिएन । अर्थात् अपराध गरेको पनि देखिएन भने अहिले त्यसलाई के गर्ने भन्ने सन्दर्भमा अन्यौलता नै छ । यस सन्दर्भमा कानुन बनाउनुपर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपाल सरकारमाथि बारम्बार दबाब आइरहेको कुरा त तपाईंहरुलाई थाहा छँदैछ' उनले भने । मन्त्री गुरुङले सरकारले अवैध सम्पत्ति वैध बनाउने कुरामा कुनैपनि बदनियत नराखेको दाबी गरे ।

प्रकाशित : माघ २९, २०८० १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?