कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पार्टीमा परिवारतन्त्र हाबी हुने खतरा : माओवादी नेता पन्त

काठमाडौँ — माओवादी प्रवास सह-इन्जार्च लक्ष्मण पन्तले पार्टीमा परिवारतन्त्र हाबी हुने खतरा बढेको बताएका छन् । जारी केन्द्र समिति बैठकमा उनले एउटै लामो समयभन्दा बढी नेतृत्वमा रहनुले पार्टीलाई परिवारतन्त्रतिर लैजाने खतरा भएको बताएका हुन् ।

पार्टीमा परिवारतन्त्र हाबी हुने खतरा : माओवादी नेता पन्त

‘एउटै व्यक्ति चार दशकदेखि पार्टी र राजकीय सत्ताको शीर्षमा रहनुले पार्टी अघोषित राजतन्त्रतिर जाने खतरा पैदा भएको छ । पार्टी मा परिवारतन्त्र हावी हुने खतरा बढेको छ । यो विधान अधिवेशनले त्यसमा ब्रेक लगाउने भरमग्दुर प्रयास गर्ने छ,’ उनको भनाइ थियो ।

नेतृत्व पत्यक्ष निर्वाचितबाट चयन हुनेगरी विधान संशोधन हुनुपर्ने उनको भनाइ छ । ‘पार्टी अध्यक्ष पदाधिकारी केन्द्रीय समिति सदस्य सबै लोकतान्त्रिक विधिबाट महाधिवेशन प्रतिनिधिहरूको प्रत्यक्ष मतदानबाट (गुप्त मतदानबाट) चुनिनु पर्दछ,’ उनले भने, ‘क्षमतावान नेताहरूको नयाँ पुस्तालाई प्रतिस्पर्धा र लोकतान्त्रिक विधिबाट माथि पुग्न सक्ने स्पेस नदिने हो भने पार्टीको पतनलाई भगवानले पनि रोक्न सक्दैन ।’

उनले पार्टीमा उमेर हद राख्नुपर्ने माग गरे । ‘सत्तरी वर्ष पुगेपछि क्रमशः नेताहरूले विश्राम लिने प्रकृयामा जाने र ठछ वर्षको उमेर हद तोकिनु पर्दछ,’ उनले भने, ‘पार्टी अध्यक्ष पदाधिकारीहरू सरकार वा पार्टिमा दुई कार्यकाल रहने ।’

नेताहरू सरकार र पार्टीमा आलोपालो रहने, दुई पटकभन्दा बढी राजकीय वा पार्टीको पदमा नरहने, नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने, चुनाव उमेदवारलाई पार्टी मा आन्तरिक प्रतिस्पर्धा गराउने र उम्मेदवार तोक्नुपर्ने उनले बताए । पन्तले उच्चस्तीय अधिकार सम्पन्न कन्ट्रोल कमिसन बनाएर नेताहरूको पदीय आचरणमाथि निगरानी र नियन्त्रण गर्नुपर्ने बताए ।

प्रकाशित : माघ २९, २०८० १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?