२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सहरी गरिबका कुरा सरकारलाई सुनाउन ‘ईः’ले सुरु गरे मायादेवी–सिंहदरबार यात्रा

लुम्बिनी — सहरी गरिब, सडक व्यवसायी र अनौपचारिक क्षेत्रका बासिन्दाले भोग्नु परेका समस्या सरकारलाई सुनाउन सामाजिक अभियन्ता ‘ईः’ ले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणबाट सिंहदरबार पदयात्रा सुरु गरेका छन् । ईःसँगै अर्का अभियन्ता चाउ पदयात्रामा सहभागी छन् । 

सहरी गरिबका कुरा सरकारलाई सुनाउन ‘ईः’ले सुरु गरे मायादेवी–सिंहदरबार यात्रा

बुद्धको करणाको संदेश सरकार समक्ष पुर्‍याउन मायादेवीबाट पदयात्रा सुरु गरिएको अभियन्ता ईःले जानकारी दिए । यात्राका क्रममा बाटोमा पर्ने ग्रामीण क्षेत्र र सहरमा रहेका सडक व्यवसायी र अनौपचारिक क्षेत्रमा आवद्ध व्यक्तिसित छलफल र अन्तर्क्रिया गरेर समस्या संकलन गरिने अभियन्ता ईःले जानकारी दिए । ‘करुणा र सहानुभूतिका संदेश सिंहदरबारसम्म पुर्‍याउन चाहन्छौं,’ ईःले भने, ‘९ दिनसम्म हिँड्छौ ।’

पहिलो दिन मायादेवीबाट रुपन्देहीको तिलोत्तमासम्म पुगेर विश्राम गर्ने उनले बताए । त्यसपछि पश्चिम नवलपरासीको सुनवल, नवलपपुरको दुम्कीबास, दलदले, चितवनको रामनगर, कुरिनटार, धादिङको गजुरी, नौबिसे हुँदै फागुन ७ गते सिंहदरबार पुग्ने अभियन्ता ईःले बताए । उनका मुख्य तीन माग रहेको छ । उनका अनुसार सहरी गरिबको व्यवस्थापन गर्न सरकारले निर्देशन दिनुपर्ने, सहरी गरिबको पक्षमा कार्यक्रम ल्याउनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि कानुन संसोधन गर्न अनुरोध गर्ने बताए ।

‘सहरी गरिबलाई विस्थापन गर्ने रोग देशव्यापी भयो,’ उनले भने, ‘त्यसैले समाजमा विपन्नलाई स्थापित गर्न पनि अयिभान जरुरी पर्‍यो ।’ बिहान मायादेवी मन्दिरबाट उनीहरुले पदयात्रा सुरु गरेका थिए । दुवै अभियन्तालाई लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले खादा ओढाएर बिदाइ गरेका थिए ।

प्रकाशित : माघ २८, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?