११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारै संक्रमणकालीन न्यायको टुंगो लगाइन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई मानव अधिकार आयोगको सुझाव र अन्तर्राष्ट्रिय मापदण्डअनुसार  टुंगोमा पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारै संक्रमणकालीन न्यायको टुंगो लगाइन्छ : प्रधानमन्त्री

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्यमान कानुनमा सर्वोच्च अदालतको आदेश राष्ट्रिय मानव अधिकार आयोगको सुझाव तथा सिफारिस अनुसार परिमार्जन हुने बताए । उनले संक्रमणकालीन न्यायको विषय टुंग्याउन ढिला भएको पनि धारणा राखे ।

आयोगले गरेका सिफारिसहरु नेपाल सरकारले कार्यान्वयनमा प्राथमिकता दिएको तथा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

आयोगबाट क्षतिपूर्तिका लागि गरिएको सिफारिस कार्यान्वयन गर्न आगामी वर्षदेखि छुट्टै बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि प्रधानमन्त्री दाहालले जानाए ।

'आरोपित व्यक्तिलाई विभागीय कारवाही गरिएको जानकारी समय समयमा नेपाल सरकारले आयोगलाई प्रेषित गरिरहेको छ। आगामी दिनमा यसलाई थप चुस्त र प्रभावकारी तुल्याइनेछ' प्रधानमन्त्री दाहालले भने ।

जातीय तथा लैंगिक विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था बमोजिम कानुन बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी ४१ वटा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, प्रतिबद्धताहरु पूरा गर्न सरकार हरेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए ।

आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न, सरकार सदैब प्रतिबद्ध रहेको दाहालले बताए ।

प्रकाशित : मंसिर २४, २०८० १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?