१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२०

चितवनमा दुई ठाउँ भएकाे माेटरसाइकल दुर्घटनामा तीनजनकाे निधन

रमेशकुमार पौडेल

चितवन — चितवनमा शनिबार साँझ दुई फरक ठाउँहरूमा भएकाे दुर्घटनामा माेटरसाइकलमा बसेका तीनजनाकाे निधन भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार जिल्लाकाे दक्षिण क्षेत्र माडीमा बाेलेराे गाडीले ठक्कर दिँदा माेटरसाइकलमा रहेका दुईजनाकाे निधन भएकाे छ ।

चितवनमा दुई ठाउँ भएकाे माेटरसाइकल दुर्घटनामा तीनजनकाे निधन

त्यसै गरी जिल्लाकाे पूर्वी क्षेत्र खैैरहनीमा माेटरसाइकल बिजुलीकाे पाेलमागएर ठाेक्किँदा एकजनाकाे ज्यान गएकाे हाे ।

माडी नगरपालिका-१ बरूवा पुलमा लु २ च २५०८ नम्बरकाे बलेराेले बा प्र ०६-००१ प ४०९३ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । ठक्करका कारण माेटरसाइकलकाे पछाडी बसेका ३४ वर्षका बेग खत्री र माेटरसाइकल चालक सूर्य अधिकारीकाे निधन भएकाे छ । शनिबार साँझ सवा सात बजे भएकाे उक्त दुर्घटनामा माेटरसाइकल मै रहेका ५४ वर्षका भवानीप्रसाद पाैडेल पनि घाइते भएका छन् । उनकाे अवस्था मध्यम रहेकाेछ ।

उपचारका लागि माडी बघाैडा अस्पताल पुर्‍याइएका बेग खत्रीलाई चिकित्सकले जाँचपछि मृत घाेषणा गरेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए । माेटरसाइकल चालक सूर्य अधिकारीकाे उपचारकाे क्रममा मध्यराति चितवन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएकाे डीएसपी पण्डितले बताए ।

यस्तै, खैरहनी नगरपालिका-१० सिद्धार्थचाेककाे भित्रि सडकमा ना ३४ प ९९९६नम्बरकाे माेटरसाइकल शनिबार साँझ साढे ६ बजे आफै अनियन्त्रित भएर पाेलमा ठाेक्किँदा माेटरसाइकल चालक खैरहनी-२ कासिगाउँका २५ वर्षीय मनिष भट्टराइकाे मृत्यु भएकाे डीएसपी पण्डितले जानकारी दिए । गम्भीर घाइते भएका भट्टराईकाे उपचारकाे क्रममा पुरानाे मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा निधन भएकाे हाे । साेही माेटरसाइकलमा रहेेका खैरहनी ज्यामिरेका २४ वर्षीय सचिन साहकाे अवस्था पनि गम्भीर रहेकाे डिएसपी पण्डितले बताए ।

प्रकाशित : मंसिर २४, २०८० ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?