९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राती पौने एक बजे भन्सार पास भइसकेपछि सुन बरामद भएको हो । 'हामीलाई पहिले सुराकी पनि थियो । बिहीबार जस्तै ज्याकेटभित्रको वस्त्रमा ६ थान अर्धतरल सुन ल्याएका रहेछन्' चन्दले भने ।

फ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको चन्दले बताए ।

गत बिहीबार पनि १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मिनबहादुर घले पक्राउ परेका थिए ।


प्रकाशित : मंसिर २४, २०८० १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?