कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

पोर्चुगलमा दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण हो : परराष्ट्रमन्त्री साउद  

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा दूतावास खोल्ने सम्बन्धमा संसद्‌को संसदीय सुनुवाई समितिलाई जवाफ दिएका छन् । संसदीय समितिले ‘पोर्चुगलमा दूतावास स्थापना गर्नु पर्नाको कारण, आवश्यकता र औचित्यताको सम्बन्धमा’ सोचेको प्रश्नको जवाफमा शुक्रबार दूतावास खोल्नुको कारण उल्लेख गरेका हुन् ।

पोर्चुगलमा दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण हो : परराष्ट्रमन्त्री साउद  

मन्त्री साउदले नेपाल सरकारको पोर्चुगलमा दूतावास खोल्ने सुझबुझपूर्ण निर्णय गरेको दाबी गरेका हुन् ।

‘पोर्चुगल हेर्ने जिम्मवारी तोकिएको नेपाली दूतावासबाट पेरिस टाढा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरु राहदानी तथा कन्सुलरसम्बन्धी सेवाका लागि पेरिस आउजाउ गर्न व्यवहारिक कठिनाई हुने गरेको छ,’ उनले भने,‘साथै, पोर्चुगल र स्पेन बीचको सम्बन्धमा रहेको ऐतिहासिक मतभिन्नताका कारण स्पेनमा रहेको नेपाली दूतावासबाट पोर्चुगल हेर्न सक्ने गरी व्यवस्था गर्न नसक्ने अवस्था भएकोले गर्दा त्यहाँ रहेका चालिस हजारभन्दा बढी नेपालीहरुको हक हितको रक्षा गर्न तथा उनीहरुलाई सहज रुपमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्नका लागि दूतावास स्थापना गर्न आवश्यक भएको हो ।’

प्रकाशित : मंसिर २२, २०८० १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?