कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल भारत र चीन बीचको पक्की पुल बन्न चाहन्छ : मन्त्री किराती

सन्जु पौडेल

तिलोत्तमा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल दुई ठूला छिमेकी भारत र चीन बीचको पक्की पुल बन्न चाहेको बताएका छन् । उनले  आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफूहरु पक्की पुल बन्न चाहेको बताएका हुन् ।

नेपाल भारत र चीन बीचको पक्की पुल बन्न चाहन्छ : मन्त्री किराती

भारतीय दूतावास काठमाडौंले बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत-नेपाल सांस्कृतिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री किरातीले यो देश गौतबुद्ध र सगरमाथा, सीता र भृकुटीको भएकाले नेपाली चेली भृकुटी चीनतर्फ गएको, सीता भारततर्फ गएकाले, छिमेकी दुई देशसँगको सम्बन्ध इतिहासदेखि नै जोडिएको बताए ।

कार्यक्रममा मन्त्री किरातीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको तर्फ संकेत गर्दै हवाई रुटमा पुनर्विचार गर्न आग्रह गरे । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भमा महामहिममार्फत फेरि नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुनर्विचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ,’ उनले भने ।

उनले भारतीय दूतावसले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीच इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको उनले बताए ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले लुम्बिनीको पर्यटनमा सांस्कृतिक कार्यक्रमले एउटा इँट्टा थप गरेको बताए । उनले जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकाले हिमालय क्षेत्रमा देखा परेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो औंल्याए । साथै उनले भारतीय सेनामा कार्यरत नेपालीका कारणले सम्बन्ध चिनी र पानीजस्तै गुलियो रहेको उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, पूर्वमन्त्रीहरु हृदयेश त्रिपाठी, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा (खेन्पो छिमे), लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकासमन्त्री सिके गुप्ता, प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, निजी क्षेत्रका उद्योग/व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : मंसिर २२, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?