कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

संविधान र व्यवस्थाका विरुद्ध आवाज उठ्नु दुर्भाग्यपूर्ण : प्रमुख सचेतक लेखक

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । शुक्रबार कांग्रेस नेतृ रिता शाहीको गजलसंग्रह चिनारी लोकार्पण कार्यक्रममा नेता लेखकले संविधान र व्यवस्थाका विरुद्ध उठेका आवाजको प्रतिरक्षा गर्न कांग्रेस चनाखो हुनुपर्ने बताए । 

संविधान र व्यवस्थाका विरुद्ध आवाज उठ्नु दुर्भाग्यपूर्ण : प्रमुख सचेतक लेखक

उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने अवस्थाको विकल्प नभएको बताए । ‘हाम्रो शासकीय व्यवस्था नै यस्तो छ कि यो संविधानको व्यवस्थाबमोजिम कुनै पनि पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन,’ लेखकले अघि भने, ‘हामी त्यसमै गइरहेका छौँ । कमी कमजोरीहरु छन् । केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ । यसमा नेपाली कांग्रेस गम्भीर हुन जरुरी छ ।’

उनले सरकारले काम गर्न नसकिरहेको भन्दै त्यसबारे दलहरूले गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित : मंसिर २२, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?