कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

विपिन जोशीको अवस्था पत्ता लगाउन इजरायली अधिकारीसमक्ष परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका छन् । उनले शुक्रबार दिउँसो हर्चसँग टेलिफोन संवादमा सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था पत्ता लगाउन आग्रह गरेका हुन् ।

विपिन जोशीको अवस्था पत्ता लगाउन इजरायली अधिकारीसमक्ष परराष्ट्रमन्त्री साउदको आग्रह

उनले जोशीको सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने विषयमा समेत पहल गरिदनि आग्रह गरेका छन् ।

संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन आग्रह गरेका छन् । उनलाई सुरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिनसमेत आग्रह गरेका छन् ।

मन्त्री साउदले नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने समेत बताएका थिए ।

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरेका थिए ।

प्रकाशित : मंसिर २२, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?