कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ — एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर बिक्री रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले बिहीबार एनसेल खरिद-बिक्री सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेशका लागि दुवै पक्षलाई उच्च अदालत पाटनले मंसिर २५ गते बोलाएको छ । अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद-बिक्रीबारे भएका निर्णय पनि साथमा ल्याउन भनेको छ ।

प्रकाशित : मंसिर २१, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?