१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

परराष्ट्र सचिव पौड्यालले लिए अवकाश, कामुमा वरिष्ठ सहसचिव लम्साल

परराष्ट्र मन्त्रालयको नयाँ सचिवमा लम्साल नै मुख्य दाबेदार रहेकी छन्

काठमाडौँ — परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल मंगलबारबाट नियमित अवकाशमा गएका छन् । शंकरदास बैरागी (अहिले राष्ट्रिय सुरक्षा सल्लाहकार) मुख्यसचिव बनेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको थियो ।

परराष्ट्र सचिव पौड्यालले लिए अवकाश, कामुमा वरिष्ठ सहसचिव लम्साल

पौड्याल क्यानडाको लागि राजदूतमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका छन् । उनको एग्रिमो आउन बाँकी छ । एग्रिमो आएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्छन् ।

पौड्यालले नियमित अवकाश पाएपछि मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साल कायममुकायम सचिव भएकी छन् ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार लोक सेवा आयोगले केही दिनभित्रमा सचिव नियुक्ति प्रक्रिया पूरा गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले नयाँ सचिवको नियुक्त गर्ने छ ।

सहसचिव लम्साल वरिष्ठ भएको कारणले गर्दा उनी नै सचिव बन्ने सम्भावना रहेको छ । लम्साल परराष्ट्र सचिव भएमा उक्त सेवामा सचिव हुने उनी पहिलो महिला हुने छिन् ।

प्रकाशित : मंसिर १९, २०८० २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?