९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

सुरू भयो एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमाले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरू गरेको छ । पाँचथरको चिवाभन्ज्याङमा आउँदो पुस २ मा सम्पन्न हुने यो यात्राको अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।

सुरू भयो एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा

बुधबारै बैतडी पुगेका ओलीले बिहीबार बिहानै झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको आरम्भ गरे । एमालेले यसलाई 'समृद्धिका लागि संकल्प यात्रा'को नाम दिएको छ । जसमा एमाले केन्द्रीय, स्थानीय नेता कार्यकर्ताहरुको संलग्नता रहने छ । मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरुमा एमालेका नेता कार्यकर्ताहरु पदयात्रामा जोडिने छन् ।

पदयात्राको उद्देश्य स्थानीयसँग थप सम्बन्ध जोड्ने र त्यसको राष्ट्रिय सन्देश दिने छ । सरकारले गरिरहेका कामकोबारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने योजना अन्तर्गत एमालेले पदयात्रा गरेको हो ।

तस्बिर सौजन्य : बालकोट पेज

प्रकाशित : मंसिर १४, २०८० ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?