कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त 

काठमाडौँ — सरकारले इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका हुन् । 

इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त 

राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र स्विजरल्यान्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।

प्रकाशित : मंसिर १४, २०८० १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?