११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

निर्वाचन आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि ७ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौँ — निर्वाचन आयोगका पदाधिकारीहरुले भूकम्पपीडितहरुको राहत र पुनर्स्थापनका लागि सात दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि ७ दिनको पारिश्रमिक सहयोग गर्ने

आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले ७ दिन बराबरको पारिश्रमिक र आयोगसहित प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमध्ये सचिव र सहसचिवहरुबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरुबाट २ दिन तथा सोभन्दा तलका कर्मचारीहरुबाट १ दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगका पदाधिकारी र सदस्यहरुबाट जम्मा भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् भूकम्पपीडितको राहतकालागि पठाउने निर्णय भएको जानकारी दिए ।

१७ कात्तिकमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित : मंसिर १३, २०८० १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?