२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तिलौराकोट छिट्टै विश्व सम्पदामा सूचीकृत हुन्छ : मन्त्री किराती

मनोज पौडेल

कपिलवस्तु — संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले ऐतिहासिक तथा पुरातात्विक स्थल तिलौराकोट प्राचीन कपिलवस्तु छिट्टै विश्व सम्पदास्थलमा सूचीकृत हुने बताएका छन् । 

तिलौराकोट छिट्टै विश्व सम्पदामा सूचीकृत हुन्छ : मन्त्री किराती

तिलौराकोट राजप्रसादमा भइरहेको अध्ययन अनुसन्धान र सरसफाइ कामको शुक्रबार निरीक्षणपछि मन्त्री किरातीले तिलौराकोटको विकास र संरक्षणका लागि राष्ट्रिय गौरवका योजनाका रूपमा अघि सारेर काम भइरहेको बताए ।

तिलौराकोटमा १० वर्षदेखि विदेशी विज्ञ विषेशज्ञको अगुवाइमा भइरहको पुरातात्विक अध्ययन र अन्वेषणले धेरै महत्त्वपूर्ण तथ्य उजागर गरेको छ । यसले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न धेरै सहयोग गर्ने उनले बताए । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया गत नोभेम्बरबाट सुरु भइसकेको छ ।

अब २०२४ को फेब्रुअरीमा अन्तिम चरणको मनोनयन दस्ताबेज बुझाउने तयारी भइरहेको छ । २०२५ सम्ममा विश्व सम्पदास्थलमा सूचीकृत हुने लक्ष्य बनाइएको छ । तिलौराकोट शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको बाल्यकाल र युवावस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।

प्रकाशित : मंसिर ८, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x