१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन : प्रदीप ज्ञवाली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन : प्रदीप ज्ञवाली


उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी यो मुद्दा टुंगोमा पुर्‍याउनुपर्ने उल्लेख गरे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउन चाहेको बताए ।

‘दण्डहिनता हुन्न । र, यो द्वन्द्व फेरि दोहोरिन्न भन्ने प्रत्याभुतिसहित यो विषयलाई टुंग्याउनु पर्छ । र, सबभन्दा ठूलो कुरा त पीडितले न्याय पायौं भन्ने अनुभूति हुनु पर्छ' उनले भने । संक्रमणकालीन न्याय पीडितलाई चाहिएकोले उनीहरुले भनेअनुसार हुनुपर्ने ज्ञवालीले बताए ।

'संक्रमणकालीन न्याय प्रचण्डलाई चाहिएको हो र ? उहाँ त यो विस्तृत शान्ति सम्झौता पछि ३/३ पटक प्रधानमन्त्री भइसक्नु भयो । शेरबहादुर देउवालाई चाहिएको हो र ? होइन नि ! उहाँ त त्यसयता दुई/दुई चोटी प्रधानमन्त्री भइसक्नु भयो । एमाले त द्वन्द्वको पक्ष थिएन । हामीलाई एक छिन नराखौं' उनले भने ।


उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदा दण्डहीनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभूति हुनुपर्ने बताए ।

प्रकाशित : मंसिर ५, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?