१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भारतबाट चौथो चरणको भूकम्प राहत सामग्री आइपुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथोचरणको भूकम्प राहत सामग्री नेपाल आइपुगेकाे छ ।  यी राहत सामग्री भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो । 

भारतबाट चौथो चरणको भूकम्प राहत सामग्री आइपुग्यो


नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?