काठमाडौँ — नक्कली शरणार्थी मुद्दा उच्च अदालत पाटनको इजलास नम्बर ६ मा परेको छ । साउनयता ६ पटक पेसी सरेको र मुद्दाको गम्भीरताका आधारमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको हो ।
मुद्दाको पेसी न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासमा परेको छ । यो प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १८ जना थुनुवामा रहेका र अन्य गरेर २२ जना प्रतिवादी छन् । जिल्ला अदालतको फैसलामा उच्चबाट सदर, बदर वा पुन:निर्णय हुन सक्ने देखिएको छ ।
निरन्तर सुनुवाइको पहिलो चरणमा, सुनुवाइको सूची क्रममा भने मंगलबार नरेन्द्र केसी, टेकनारायण पाण्डे, आंगटावा शेर्पा, इन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँको नाम अग्रपंक्तिमा छ । प्रतिवादीका वकिलले १५ मिनेट बोल्न पाउने भनिएको छ ।
सबै प्रतिवादीका तर्फबाट ६० भन्दा बढी कानुन व्यावसायीले बहस गर्नेछन् ।
सम्बन्धित समाचार
प्रकाशित : मंसिर ५, २०८० १२:३२