१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

घनश्याम खड्का

काठमाडौँ — सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को बैठकले मंगलबार सिफारिस गरेकाहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

सिफारिसमा परेकाहरू मध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् । पोखरेल नेपाल बारका पूर्वमहासचिव हुन् । उनी कांग्रेसनिकट हुन् । ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् । उनी एमाले निकट कानुन व्यावसायी हुन् । सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् ।



प्रकाशित : मंसिर ५, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?