१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा र राजदूत योङबीचको भेटवार्तामा नेपाल र दक्षिण कोरिया बीचका विभिन्न द्वीपक्षीय चासो तथा सहकार्यका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटवार्तामा राजदूत पार्कले दुई मुलुक बीचमा सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि बढ्दै गएको द्वीपक्षीय सम्बन्धलाई लिएर खुसी व्यक्त गरे । साथै, उनले आगामी दिनमा थप सहकार्य गरिने पनि उल्लेख गरेका थिए ।

सल्लाहकार सापकोटाले नेपालको आर्थिक क्षेत्र र अन्य सहकार्यको क्षेत्रमा दक्षिण कोरियाली सरकारको निरन्तर सहयोगलाई लिएर धन्यवाद दिएका थिए ।

प्रकाशित : मंसिर ४, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?