२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मन्त्री राईको त्रिवि शिक्षण अस्पतालमा कानको शल्यक्रिया

श्रवण शक्तिलाई सुधार गर्न 'कोक्लियर' यन्त्र कानमा राखियो

काठमाडौँ — विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कानको शल्यक्रिया गरिएको छ । उनको कानमा समस्या आएपछि कानको शल्यक्रिया गरेर 'कोक्लियर' राखिएको हो ।

मन्त्री राईको त्रिवि शिक्षण अस्पतालमा कानको शल्यक्रिया

त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका डा. रविन्द्रभक्त प्रधानांग नेतृत्वको टोलीले साढे ४ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका हुन् ।

डा. प्रधानांगका अनुसार प्रत्यारोपण गरिएको मेसिन र बिरामीको शारीरिक प्रतिक्रिया सकारात्मक रहेको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ ।

कानको श्रवण शक्तिलाई सुधार गर्न 'कोक्लियर' यन्त्र कानको भित्री भागमा शल्यक्रिया गरेर राख्ने गरिन्छ ।

मन्त्री राईलाई सोमबार राति पोस्ट अपरेसन वार्डमा राखिने र ३ दिनसम्म आगन्तुक भेटघाटहरू पूर्णत बन्द गर्न डाक्टरहरूको सुझाव रहेको पनि सचिवालयले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x