कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

लुम्बिनी पिस टर्च सगरमाथा आधार क्षेत्र लगिँदै

मनोज पौडेल

लुम्बिनी — विश्व शान्तिको कामना गर्दै लुम्बिनीबाट पिस टर्च सगरमाथा आधार क्षेत्र कालापत्थर लगिएको छ । उक्त पिस टर्च लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट बौद्ध परम्पराअनुसार लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामाले कीर्तिमानी सगरमाथा आरोही स्पिड काजी शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

लुम्बिनी पिस टर्च सगरमाथा आधार क्षेत्र लगिँदै

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले उक्त टर्च लुम्बिनीस्थित मायादेवी मन्दिर र अशोक स्तम्भ परिक्रमा गराई शुक्रबार काठमाडौं लगिएको हो ।

नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा लुम्बिनीबाट लगेको टर्च काठमाडौंको स्वयम्भू र बौद्धनाथमा पूजाआजा गरी मंगलबार कालापत्थर लगिने नेपाल पर्वतारोहण संघ केन्द्रीय सदस्य दिवस पोख्रेलले बताए । द्वीप हस्तान्तरण गर्दै उपाध्यक्ष लामाले लुम्बिनी र सगरमाथाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

यसले जलवायु परिवर्तनको असरबाट हिमाललाई जोगाउन सकारात्मक सन्देश दिने बताए । २०६६ मंसिर १६ गते सगरमाथाको आधार क्षेत्र कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठक स्थलमा लगेर कात्तिक २५ गते विश्वको ध्यान केन्द्रित हुने गरी विशेष समारोह गरेर द्वीप प्रज्वलन गरिने सगरमाथा आरोही संघ महासचिव शिवबहादुर सापकोटा बताए । उक्त अवसरमा ३० फिट अग्लो नेपाली झन्डा र शिलालेख पनि अनावरण गरिनेछ ।

उक्त टर्च लुक्लाबाट १० जना कीर्तिमानी सगरमाथा आरोहीले कालापत्थर पुर्‍याउनेछन् । वातावरण संरक्षण र शान्तिबिना पर्यटन प्रवर्द्धन हुँदैन भनेर सन्देश दिन पिस टर्च बालेर सबैको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको बताइएको छ । २०६६ मा १० बुँदे सगरमाथा घोषणापत्र जारी गर्दै पहिलो पटक ५ हजार २ सय ४४ मिटर उचाइमा रहेको कालापत्थरमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रकाशित : कार्तिक १८, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?