कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

नेपाली आरोही अफ्रिकाको सर्वोच्च शिखरमा 

टीकाप्रसाद भट्ट

रामेछाप — सातै महादेशका अग्ला हिमाल आरोहणको अभियान ( सेभेन समिट ) मा अफ्रिका पुगेका रामेछापका प्रकाशराज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमन्जारो हिमालको सफल आरोहण गरेका छन् । पाण्डे स्थानीय समयअनुसार अक्टोबर ३१ को बिहान ६ बजेर ४० मिनेटमा उक्त हिमालको शिखरमा पुगेका थिए । 

नेपाली आरोही अफ्रिकाको सर्वोच्च शिखरमा 

तान्जानियामा पर्ने उक्त हिमाल ५ हजार ८ सय ९५ मिटर अग्लो छ । पाण्डेले शिखरमा पुगेपछि नेपालको राष्ट्रिय झण्डा र स्काउटको झण्डा फहर्‍याएका थिए । किलिमन्जारो हिमाल आरोहण गर्ने उनी रामेछापका दोस्रो आरोही हुन् । यसअघि रामेछाप नगरपालिकाका सानोबाबु सुनुवारले उक्त हिमालको सफल आरोहण गरेका थिए ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ निवासी पाण्डेले उक्त अभियानको क्रममा गत जुनमा युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रसको सफल आरोहण गरिसकेका छन् । पाण्डेले नेपालका सर्वोच्च शिखर सगरमाथा, अमादब्लम, मनास्लु लगायतका हिमाल आरोहण गरिसकेका छन् ।

प्रकाशित : कार्तिक १५, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?