२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राष्ट्रसंघ महासचिव गुटेरेस पोखरामा,मंगलबार अन्नपूर्ण आधार शिविर जाने

दीपक परियार

पोखरा — नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन् । उनी सेनाको जहाजमार्फत् पोखराको पुरानो विमानस्थलमा ओर्लिएका हुन् । 

राष्ट्रसंघ महासचिव गुटेरेस पोखरामा,मंगलबार अन्नपूर्ण आधार शिविर जाने

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य लगायतले स्वागत गरे । उनी विमानस्थलबाट लेकसाइडको फिस्टेल रिसोर्टमा बास बस्न पुगेका छन् । मंगलबार बिहान ६:३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्नेछन् ।

समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको आधार शिविरमा उनले जलवायु परिवर्तनले स्थानीयको दैनिक जीविकोपार्जनमा पारेको असरबारे बुझ्नेछन् । स्थानीयले आफ्ना समस्या सुनाउने छन् ।

उनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्नेछन् । उनलाई स्वागत गर्न आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ । पोखराबाट हेलिकप्टरमा कार्पेट पुर्याइएको छ । मंगलबार उनी आधारशिविरबाट फर्किएर पोखरा विमानस्थलमा पत्रकार भेटघाटमा सरिक हुनेछन् । त्यसपछि उनी मंगलबार नै लुम्बिनी जाने छन् ।

प्रकाशित : कार्तिक १३, २०८० १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x