२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राष्ट्रसंघका महासचिव गुटेरेस सिंहदरबारमा, परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता

रासस

काठमाडौँ — उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन्। उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्रसंघका महासचिव गुटेरेस सिंहदरबारमा, परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता

सुरुमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्वनिर्धारित कार्यक्रम भने पर्सि मंगलबारका लागि सरेको जनाइएको छ ।

त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन् । ।

प्रकाशित : कार्तिक १२, २०८० १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x