२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटेका हुन् । 

महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

आइतबार अपराह्न महासचिव गुटेरेस र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । दुवै जनाबीचको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता राजन भट्टराईले जानकारी दिएका छन् ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्दी र संयुक्त राष्ट्र संघका अन्य अधिकारीहरू सहभागी थिए ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै, महासचिव गुटेरेसले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँगसमेत भेटवार्ता गरेका थिए ।

संघीय संसद् भवनमा गुटेरेसले सभामुख देवराज घिमिरे र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित : कार्तिक १२, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x