कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

राष्ट्रपति पौडेलले गरे पलाञ्‍चोक मन्दिरमा पूजाअर्चना

ज्योती श्रेष्ठ

काभ्रेपलाञ्चोक — राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको महाअष्टमीको दिन आइतबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । 

राष्ट्रपति पौडेलले गरे पलाञ्‍चोक मन्दिरमा पूजाअर्चना

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेका राष्ट्रपति पौडेल पूजाअर्चनाका लागि पलाञ्चोक मन्दिर पुगेका थिए । जिल्लाको पाँचखाल नगरपालिका– ९ पलाञ्चोकस्थित भगवती मन्दिरमा राष्ट्रपति सपरिवार आइतबार बिहान ८:४५ बजे पुगेका थिए । उनले करिब १५ मिनेट पूजाअर्चना गरेका थिए ।

राष्ट्रपति भएपछि पौडेलले यस मन्दिरमा गरेको पूजाअर्चना यो पहिलो पटक हो ।

राष्ट्रप्रमुखले बडादशैंको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, उप–प्रमुख सूर्यमाया दनुवार, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवि शर्मा, जिल्ला समन्वय समितिकी प्रवक्ता अप्सरा ढुगांना, पाँचखाल नगरपालिका वडा नं ९, ३, ४, ७, १२ र १३ का वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।


करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख रहेको पलाञ्चोक भगवती मन्दिरका पुजारी शैलेश्वर बज्रचार्यले बताए । उनका अनुसार पलाञ्चोक मन्दिरमा विशेष गरी दशैं, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा ठूलो संख्यामा भक्तजनले पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

प्रकाशित : कार्तिक ५, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?