कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्धयक्ष विजय स्वारले बताए ।

दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक उद्धव रिजालले टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने बताएका छन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने उनले बताए ।

दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?