देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छ : मदनकृष्ण श्रेष्ठ


काठमाडौँ — वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार श्रेष्ठले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको बताएका हुन् । अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै उनले दुःख व्यक्त गरे ।


‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर त्यो बेला पनि भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद थियो । त्यति पनि अब हुँदैन भन्ने लाग्यो । तर अहिले झनै धेरै विकृति बढ्यो,’ श्रेष्ठले भने ।
कलाकार श्रेष्ठले पहिला अवार्ड पाउँदा जिम्मेवारी थपिएको जस्तो महसुस भए पनि अहिलेचाहिँ त्यस्तो नहुनेसमेत बताए ।
‘पहिला अवार्ड पाउँदा एकदम अवार्ड पाएँ र जिम्मेवारी पाएँ जस्तो लाग्थ्यो,’ उनले भने, ‘अब चाहिँ पैसा आउने पुरस्कार दिएको जस्तो लाग्दो रहेछ । २५ हजार पनि छ रे नत्र पहिला कागज मात्रै आउँथ्यो । कागज लियो, दंग परेर गयो । अहिले पैसा देखिँदा मजा आयो । अहिले पुरस्कार लिँदा आफूले गरेका काम ठिकै रहेछ र स्याब्बासी पाएको जस्तो लाग्यो ।’
प्रकाशित : आश्विन २, २०८० १८:३४