कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जलि

रासस

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरे ।

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जलि

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । श्रद्धाञ्जलिको क्रम जारी छ । राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शव आर्यघाट ल्याइएको थियो । नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ ।


यही भदौ २६ गते निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : भाद्र २८, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?