३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

गिरीबन्धु टि स्टेट, वाइडबडी, यती र ओम्‍नीको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेट, वाइडबडी, यती होल्डिङ्स र ओम्नी जस्ता ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

गिरीबन्धु टि स्टेट, वाइडबडी, यती र ओम्‍नीको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

एमालेबाट निर्वाचित काठमाडौंका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई यस विषयमा पहिलेदेखि नै छानबिन गर भन्दै आएको तर सरकारले नै छानबिन नगरेको बताएका थिए ।

'के यती होल्डिङ्स, यती होल्डिङ्स कराइराखेका छन् । छानबिन गरे भइहाल्यो नि ! वाइडबडी छानबिन गरेर आफैं जेल गए भइहाल्यो नि !,' ओलीले भने, 'अस्तिसम्म ललिता निवास-ललिता निवास भन्दै थिए । अहिले कस्तो भागेरे भाग छ । अहिले चिया बगान भनिएको छ । गर न छानबिन ।'

बिना कानुन २०५३ सालमा कमिसन खाएर तत्कालीन सरकारले १९ विगाहा र २०६० सालमा १९ विगाहा जग्गा बेच्न दिइएको भन्दै ओलीले भने, 'त्यसको छानबिन गर । अनि जेल जाऊ ! हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कमिसन खाएर नगर भनेर कानुन बनाइदिएको हो । कानुन बनाउँदा कसैले कमिसन खान्छ ? कारोबार गर्दा कमिसन खाला नि !'

ओम्नीको विषयमा भने आफूले पत्रिका पढेर मात्रै थाहा पाएको बताएका थिए । ओम्नीबारे आफूले सुनेको मात्रै भएको बताएका थिए । यसबारे पनि छानबिन गर्न सरकारलाई उनले चुनौती दिएका छन् । ओलीले भने, 'ओम्नी भनेको देखेको पनि छैन सुनेको मात्रै हो । छानबिन गरे भैहाल्यो । भ्रष्टाचारीहरुको यात्रो कुरा हामीलाई थर्काउने उल्टै ?'

प्रकाशित : भाद्र ११, २०८० १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?