३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

गिरीबन्धु टिस्ट‍ेट जग्गा प्रकरणमा पनि छानबिन गरियोस् : सांसद खतिवडा

काठमाडौँ — नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका छन् । उनले अहिले ललिता निवास जग्गा प्रकरण अनुसन्धानको क्रममा रहेको भन्दै त्योभन्दा ठूलो जग्गा हिनामिनाको काण्ड पनि चर्चामा आएको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद खतिवडाले गिरीबन्धुको १५७ बिघा जग्गामा व्यक्तिले स्वार्थ साँधेर हिनामिना गरेको आरोप लगाए ।

गिरीबन्धु टिस्ट‍ेट जग्गा प्रकरणमा पनि छानबिन गरियोस् : सांसद खतिवडा

‘नेपालमा ललिता निवासभन्दा बढी खतरनाक गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा चर्चामा आएको छ । यो ललिता निवासजस्तो थोरै जग्गाको कुरा होइन, यो त गिरीबन्धु टिस्टेटको ५०० बिघा क्षेत्रको जग्गाको कुरा हो,’ उनले भने, ‘यति धेरै सरकारी जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रम्हलुट गर्ने काम भएको छ । यसको विषयमा सरकार चनाखो हुन र छानबिन गर्नु आवश्यक छ ।’

उनले २०२९ सालमै ५०० बिघा कायम भएको जग्गा अहिले सरकारले सूचना निकालेर ३४२ बिघामात्रै कायम गर्नुले प्रश्न उब्जिएको बताए । ‘५०० बिघा जग्गा २०२९ सालमै गिरिबन्धु टिस्टेटको नाममा कायम भएको थियो । सो जग्गालाई सट्टा भर्ना गर्ने नाममा २०७८ सालमा सरकारी सम्पत्तिको दुरुपयोग भएको छ,’ उनले भने, ‘गिरीबन्धुको ५०० बिघा जग्गामध्ये अहिले ३४२ बिघामात्रै बाँकी छ । त्यहाँको १५७ बिघामा व्यक्तिले लाभ लिने गरी आर्थिक कारोबार भएको छ । यसको छानबिन हुनुपर्छ ।’

प्रकाशित : भाद्र ६, २०८० १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?