२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तत्कालीन नेकपा ब्युँताउन तयार : अध्यक्ष नेपाल

भक्तपुर — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । 

तत्कालीन नेकपा ब्युँताउन तयार : अध्यक्ष नेपाल

भक्तपुरमा शनिबार आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताएका हुन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्युँताउन तयार रहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेरहद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए । उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसिनरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरुले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।

अध्यक्ष नेपालले मुलुकको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए । उनले राजावादीहरुले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने बताए ।

प्रकाशित : जेष्ठ २७, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?