माओवादी केन्द्रसँग एकताको पहल गर्ने नेसपाको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत पार्टीसँग एकता पहल गर्ने निर्णय गरेको छ । भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।

अध्यक्ष बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार समाजवादी केन्द्र/ध्रुव निर्माणको लागि समाजवादकेन्द्रित कार्यक्रमसहित एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको माओवादीबाट औपचारिक जवाफ आएपछि नेसपाले निर्णय गर्ने भएको छ ।

बैठकले अध्यक्ष/सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको उनले बताए । यस्तै असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित : जेष्ठ २६, २०८० २१:४३
प्रतिक्रिया
पठाउनुहोस्