३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा

काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् । 

भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा

सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसद्‍मा राखेर गम्भीर गल्ती गरेको समेत बताए ।

भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनको भनाइ थियो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताए ।

सांसद सापकोटाले भने, ‘म भन्न चाहन्छु–भारतले जे गर्‍यो, गल्ती गर्‍यो । यसले भारतको उन्नति, प्रगति, हित छँदैछैन । किनभने विश्व बजारमा प्रतिस्पर्धा गर्ने बेलामा पुराना कुराहरूमा अल्मलिएर नक्साको कुरामा मात्रै विवाद गर्ने भनेको भारत विश्व बजारको प्रतिस्पर्धामा आफूलाई दह्रो ढंगले लैजान सकिरहेको छैन भन्ने नै देखिन्छ । हाम्रा तर्फबाट कूटनीतिक ढंगले, राजनीतिक ढंगले सिंगो देश एकताबद्ध भएर नेपाली भएर भारतसँग वार्ता गर्नुपर्छ ।’

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गरेको पनि दोहोर्‍याए ।

प्रकाशित : जेष्ठ २६, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?