कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच जना सचिवको सरुवा, उद्योग मन्त्रालय खाली

ऋषिराम पौड्याल

काठमाडौँ — सरकारले पाँच जना सचिव सरुवा गरेको छ । शुक्रबार सार्वजनिक गरिएको निर्णयअनुसार प्रधानमन्त्री कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, राष्ट्रिय योजना आयोग, उद्योग तथा खानेपानी मन्त्रालयका सचिवहरुको सरुवा भएको हो । योजना आयोगका सचिव केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

पाँच जना सचिवको सरुवा, उद्योग मन्त्रालय खाली

श्रमका एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालय पठाइएको छ । भण्डारीले सचिव भएपछि पहिलोपटक मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी नौ महिनापछि निवृत्त हुँदैछन् । अर्याललाई श्रम मन्त्रालयमा राम्रो काम गर्ने सचिवका रुपमा हेरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत (उद्योग)का सचिव तोयनारायण ज्ञवालीलाई योजना आयोग पठाइएको छ । खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयका सचिव रामआधार शाहलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । शाह सचिवमा बढुवा भएपछि ६ महिनादेखि प्रधानमन्त्री कार्यालयमा थिए ।

उद्योग मन्त्रालयमा भने सचिव पठाएइको छैन । सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यको महिनाअघि सतर्कता केन्द्रमा सरुवा भएको थियो । उनले सहरीमा करिब पाँच महिना काम गर्ने अवसर पाएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?