कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सांसद विकास कोषलाई गलत ढंगले बुझिनुहुन्नँ : सांसद बजगाईं

काठमाडौँ — कांग्रेसका सांसद राजेन्द्र बजगाईंले ग्रामीण क्षेत्रको विकासका लागि सांसद विकास कोषले राहत पुर्‍याउने बताएका छन् । उनले सहरी क्षेत्रका सांसदले त्यसको विरोध गरे पनि ग्रामीण क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको लागि भने विकास कोषको बजेटले सहयोग पुग्ने बताए ।

सांसद विकास कोषलाई गलत ढंगले बुझिनुहुन्नँ : सांसद बजगाईं

प्रतिनिधिसिभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बजगाईंले उनले भने, 'संसद विकास कोष विगतमा पार्टीका कार्यकर्ताका लागि खर्च गर्ने कोष बन्यो, त्यसले बदनाम बनायो । तर अहिले यो निर्वाचन क्षेत्र विकास कोषको रुपमा छ, यसमा सांसदको तजबिजी चल्दैन । सांसदले जे भन्यो त्यही हुने, खर्च गर्न पाउने होइन ।'

उनले विकासित क्षेत्रमा सांसद विकास कोष आवश्यक नभए त्यस्तो क्षेत्रका सांसदले नलिएर काठमाडौंमा फोहोर प्रशोधन केन्द्र बनाउन दान गर्न सक्ने बताए । उनले अहिले देशले राजनीतिज्ञभन्दा पनि कुशल नेतृत्वको खोजी गरिरहेको दाबी गरे ।

'देशले अहिले लिडर खोजेको छ, पोलिटिसियन होइन । सर्वाधिक महत्वको बुढीगण्डकी परियोजना बनाउन अहिले प्रधानमन्त्रीले चासो दिनुभएको छ । यो एउटै परियोजनाले देशको मुहान फेर्न सक्छ,' उनले भने, 'त्यो आयोजनालाई चाँडोभन्दा चाँडो अघि बढाउन आवश्यक छ । म यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'

प्रकाशित : जेष्ठ २६, २०८० १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?