कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

३ दशकदेखिकै आर्थिक अभ्यासको समीक्षा हुनुपर्छ : सांसद विष्ट

काठमाडौँ — एमाले सांसद गोकर्ण विष्टले अर्थतन्त्रमा देखिएको अहिलेको संकट एउटा बजेट कार्यान्वयनसँग सम्बन्धित मात्रै नभएको बताएका छन् । आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा भाग लिँदै सांसद विष्टले अर्थतन्त्रमा विगत ३ दशकदेखि गर्दै आएको अभ्यासकै समीक्षा हुनुपर्ने बताएका हुन् । 

३ दशकदेखिकै आर्थिक अभ्यासको समीक्षा हुनुपर्छ : सांसद विष्ट

'अर्थतन्त्रको शिथिल अवस्थामा बजेटमा राजश्व उठ्छ कि उठ्दैन वा वैदेशिक अनुदान आउँछ कि आउँदैन ? भन्नेमा केन्द्रित छ,' विष्टले भने, 'एक वर्षको बजेट कसरी अघि बढ्ला भनेर छलफल गरेरमात्रै अर्थतन्त्रमा देखिएको गम्भीर अवस्थाको समाधान हुन सक्दैन । हामीले ३१ वर्षदेखि गर्दै आएको यो अभ्यासमा बजार, राज्य कहाँ चुक्यो ? नीति र सोचहरूमा छलफल गर्न जरुरी छ । कोभिड १९ र रुस-युक्रेनको युद्धले मात्रै आएको शिथिलता हो ? हामीले यसतर्फ गम्भीरताका साथ समीक्षा गर्न जरुरी छ ।'

बैठकमा बोल्दै उनले बजारमुखी अर्थतन्त्रको अभ्यास गर्दा कहाँ चुक भयो भन्ने विषयमा छलफल हुनुपर्ने बताए ।'अर्थतन्त्रको अवस्था यस्तो अवस्थामा आइपुगेको छ । न्यून राजश्व संकलन, न्यून पुँजीखर्च, बढ्दो मूल्यवृद्धि, सोधनान्तर घाटा, बैंकिङ तरलताको संकुचन, उच्च व्याजदर, न्यून आर्थिक वृद्धि, बढ्दो बेरोजगारी, बढ्दो असमानता अन्त्य प्रकृतिमा समस्या देखिएको छ,' विष्टले भने ।

प्रकाशित : जेष्ठ २६, २०८० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?