कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कांग्रेसको सचेतकमा सुशीला थिङ

काठमाडौँ — प्रतिनिधिसभामा नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् । सभापति एवं प्रतिनिधिसभा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार सांसद थिङलाई प्रतिनिधिसभामा पार्टीको सचेतकमा मनोनयन गरेका हुन् ।

कांग्रेसको सचेतकमा सुशीला थिङ

देउवाका निजी सचिव केशवराज जोशीले बुधबार सभापति देउवाले सांसद थिङलाई पार्टी संसदीय दलको विधानको धारा १३ को उपधारा-२ बमोजिम सचेतक पदमा मनोनयन गरेको जानकारी दिए ।

संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक यसअघि नै मनोनीत भइसकेका छन् भने संसदीय दलको उपनेता पद अझै पनि रिक्त नै रहेको छ । गत महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेकी सिन्धुलीकी नेता थिङ समानुपातिकबाट सांसद बनेकी हुन् ।

प्रकाशित : जेष्ठ २५, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?